अस्पतालबाट ‘डिस्चार्ज’ भए नेकपा क्रान्तिकारीका महासचिव वैद्य

नेपालभ्युज

अस्पतालबाट ‘डिस्चार्ज’ भए नेकपा क्रान्तिकारीका महासचिव वैद्य

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन्।

३१ असोजमा दम बढेपछि नर्भिक अस्पतालमा भर्ना भएका किरण एक हप्तापछि आइतबार डिस्चार्ज भएका हुन्।

“दमले लामो समयदेखि दुःख दिइरहेको छ,”  भाञ्जा प्रशान्त ओलीले भने, ‘‘त्यसकारण नियमित औषधि खाइरहनुका साथै नियमति स्वास्थ्य जाँच पनि गराइहनुभएको छ।” तर पछिल्ला केही दिनयता दौडधूप बढेका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनि अस्पताल भर्ना भएका थिए।

भाञ्जा ओलीका अनुसार क्रमिक रुपमा वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved