२७ दशमलव ५१ अंकले बढ्यो शेयर बजार

नेपालभ्युज

काठमाडौं। साताको पहिलो दिन आइतवार नेप्से परिसूचक २७ दशमलव ५१ अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक बढेर २ हजार ५८४ दशमलव ५३ विन्दुमा पुगेर बजार बन्द भएको छ। आज १३ समूहमध्ये १२ को परिसूचक बढेसँगै समग्र बजार बढेको हो। यस दिन व्यापार समूहको परिसूचक १ दशमलव शून्य ७ प्रतिशत घटेकोमा सबैभन्दा बढी वित्त समूहको परिसूचक ४ दशमलव ११ प्रतिशतले बढेको छ ।

आज बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको शेयर सर्वाधिक १० प्रतिशतले बढेको छ भने मेरो माइक्रोफाइनान्सको शेयर १० प्रतिशतले घटेको छ। आज २२५ ओटा कम्पनीको २ अर्ब ७७ करोड रुपैयाँ बराबरको ५८ लाख १८ हजार २५ कित्ता शेयर कारोबार भएको छ।

एक महीनाभन्दा लामो समयदेखि उतारचढावका बीच घट्दै गएको शेयर बजारले दशैंपछिको पहिलो साता खस्किएको थियो। धेरै लगानीकर्ताको अनुमान दशैंपछि बजारमा हरियाली छाउने रहेपनि दशैं बिदापछि खुलेको शेयर बजार अघिल्लो साता पनि घट्ने क्रममै देखिएको छ।

उक्त साता १३ अर्ब ५२ करोड रुपैयाँको ३५ लाख ३१ हजार कित्ता बराबर मात्रै शेयर कारोबार भएको थियो। दुई महीनामा उतारचढाबका बीच घट्दै गएको शेयर बजार करीब ७ सय अंकले ओरालो लागिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved