सल्यानमा जीप दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

नेपालभ्युज

सल्यानमा जीप दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते
सांकेतिक तस्वीर

सल्यान। सल्यानको कपुरकोट गाउँपालिकामा जीप दुर्घटना हुँदा १ को मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। जिल्लाको बागचौर नगरपालिकाबाट दाङका लागि आउँदै गरेको भे १ च १८९० नम्बरको जिप आइतबार बिहान कपुरकोट ३ मुलपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा बागचौर नगरपालिका निवासी वर्ष १८ का आशीष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

केही घाइतेको राप्ती उपक्षेत्रीय प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको र गम्भीर घाइते भएकी बविता रावललाई थप उपचारका लागि नेपालगन्ज लगिएको सूचना अधिकारी पौडेलले जानकारी गराए। सामान्य घाइते अर्जुनको कपरकोटस्थित मेडिकलमा उपचार भइरहेको उनको भनाइ छ।

दुर्घटनाको कारण खुल्न सकेको छैन। जीप सडकदेखि सय मिटर खोल्सामा खसेको उनले जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved