उदयपुरमा ब्रेक फेल भई बोलेरो दुर्घटना, आठ घाइते

नेपालभ्युज

उदयपुरमा ब्रेक फेल भई बोलेरो दुर्घटना, आठ घाइते

उदयपुर। उदयपुरको उदयपुरगढी ५ आम्बोटेमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बर्रेबाट कटारीतर्फ जाँदै गरेको बोलेरो ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हो।

घाइते हुनेमा उदयपुरगढी गाउँपालिका– ३ का ४३ वर्षीय खिलराज तामाङ, २० वर्षीय आशिष् खड्का, वडा नम्बर ४ का ५० बर्सिया सुनमाया तामाङ, २३ बर्सिया हिरा तामाङ, ३८ वर्षीय चीनमाया तामाङ छन्।

यस्तै १५ वर्षीय मेखबहादुर बस्नेतसहित बिगुल ४, दोलखाका २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ बर्सिया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लीलबहादुर श्रेष्ठले जानकारी दिए।

घाइतेहरूको जिल्ला अस्पताल गाइघाटमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। अधिकांशको हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved