प्रदेश १ सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

नेपाल भ्यूज

प्रदेश १ सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं। प्रदेश १ को प्रदेश सभा बैठक आउँदो कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले आइतबार सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिँदै कात्तिक १५ गते दिउँसो साढे १२ बजे बस्ने जानकारी गराएको हो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठकको मिति सार्न लिखित अनुरोध गरेका कारण बैठक सारिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved