हमालसँग कुनै सम्बन्ध छैन – प्रधानन्यायाधीश

नेपालभ्युज

हमालसँग कुनै सम्बन्ध छैन – प्रधानन्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेपाली कांग्रेसका नेता गजेन्द्र हमालसँग कुनै सम्बन्ध नभएको बताएका छन्।

पेसी व्यवस्थापनमा गोलाप्रथा र समसामयिक विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको नेपाल बारको कार्यसमितिलाई उनले हमालसँग कुनै पारिवारिक सम्बन्ध नभएको स्पष्टिकरण दिएका हुन्।

‘‘२०४१ सालमा पहिलो श्रीमतीको निधन भएकोमा त्यसपछि पारिवारिक रुपमा अर्को बिहे गरेर बसेको छु, उनका (पहिलो श्रीमती) का दाजुसँग कुनै पारिवारिक सम्बन्ध छैन,’’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै नेपाल बार एशाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘‘ससुराली भनेर पद मागेको होइन बरु पत्रिकामा आइसकेपछि मन्त्री बनाउन भनेकोमा त्यै पनि बनाइयो। पछि राजीनामा पनि गरे। ’’

आजको छलफलमा न्यायपालिकाकाे सुधारका लागि बारले दिएको सुझाव कार्यान्वयन गर्ने र न्यायाधीश हरिकृष्ण कार्कीले दिएको सुझावको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए।

भोलि सोमबार बारसहित सबै न्यायाधीशरूको पूर्ण बैठकले प्रधानन्यायाधीशसँग सामयीक विषयमा छलफल गरेर निश्कर्ष निकाल्ने जानकारी उनले दिए।

पेसी तोक्ने विषयमा गोलाप्रथाको तत्काल लागू गर्नका लागि मंगलबारदेखि नमूनाका रुपमा सर्वोच्च अदालतले शुरु गर्ने विषयमा निर्णय भएको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved