चन्द्रागिरिमा एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

चन्द्रागिरिमा एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा एक अर्ब रुपैयाँ लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ।

जर्मन विकास बैंकको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो। अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ।

उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ। सम्झौता पत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा शुरु गरिने उल्लेख छ।

नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए। अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved