बुधबारदेखि खुल्दै सवारी लाइसेन्सका लागि नयाँ आवेदन

नेपाल भ्यूज

बुधबारदेखि खुल्दै सवारी लाइसेन्सका लागि नयाँ आवेदन

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुलाउने भएको छ।

गत बैसाख १६ गतेदेखि रोकिएको लाइसेन्सको नयाँ आवेदन आगामी बुधबारदेखि खोल्ने निर्णय भएको विभागका प्रवक्ता लोकनाथ भुषालले बताए।

निषेधाज्ञा शुरु भएपछि गत बैसाखयता लाइसेन्सको नयाँ आवेदन खुलेको छैन। निषेधाज्ञा अघि चार लाख बढीले लाइसेन्सका लागि आवेदन दिएकोमा ती आवेदनकर्ताका लागि भने विभागले यसअघि २० भदौदेखि परीक्षा सञ्चालन गरिरहेको छ।

देशभरबाट दैनिक करीब पाँच हजार आवेदन लिने गरी नयाँ आवेदन खुला गरिएको जानकारी प्रवक्ता भुषालले दिए।

विभागले लिखित र ट्रायल दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेर ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ जारी गरेको छ। नयाँ आवेदनकर्ताको परीक्षा सोही मोडालिटीमा लिइने जानकारी विभागका प्रवक्ता भुषालले दिए।

विभागले यसअघि एउटा मात्रै गल्ती गर्ने चालकलाई लाइसेन्सका लागि अयोग्य ठहर गर्ने गरेको थियो। नयाँ व्यवस्थाअनुसार लिखित परीक्षाका लागि पहिले नै पाँच सय प्रश्न विभागको वेबसाइटमार्फत सार्वजनिक गरिएका छन्। सोही अनुसार ट्रायलमा अब ७० अंक मात्रै प्राप्त गरेपनि लाइसेन्स दिने तयारी विभागको छ।

विभागले हाल एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिइरहेको छ। त्यसरी लाइसेन्स प्राप्त गर्ने चालकले एक वर्षमा पाँचओटाभन्दा कम ट्राफिक नियम उल्लंघन गरेमा मात्रै पूर्णकालीन लाइसेन्स दिने व्यवस्था विभागले लागू गरेको छ।

गत वर्ष फागुनदेखि नयाँ स्मार्ट लाइसेन्स भने विभागले छाप्न सकेको छैन। कार्ड अभावपछि अघिल्लो वर्ष मंसिरपछि परीक्षा दिएका चालकले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। विभागले मलेसियन कम्पनी आईरिससँग ९ करोड ६१ लाख रुपैयाँमा १५ लाख खालि कार्ड खरीदको सम्झौता गरेकोमा तिहारपछिसम्म नयाँ कार्ड आउने विभागका प्रवक्ता भुषालले बताए।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved