आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपालभ्युज

आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं। आज र भोलि देशभरका ७५३ वटै पालिकामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइँदै छ।

सरकारले कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भने पनि यो समय दशैंभित्र परेकाले मिति परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बालबालिकालाई भिटामिन खुवाउन जाँदा सही तरिकाले मास्क लगाएर जान र कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्दै अन्य स्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले अनुरोध गरेको छ।

७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved