प्रधानमन्त्री देउवा पूर्वका बाढीपहिरो प्रभावित क्षेत्र जाँदै

नेपाल भ्यूज

प्रधानमन्त्री देउवा पूर्वका बाढीपहिरो प्रभावित क्षेत्र जाँदै
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ जाने भएका छन्। देउवा बाढीपहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर जाने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिने कार्यक्रम तय भएको छ । उनी आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको पनि सचिवालयले जनाएको छ।

यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहित टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाबारे जानकारी लिएको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved