मौसममा सामान्य बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना

नेपालभ्युज

मौसममा सामान्य बदली, मेघ गर्जनसहित वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं । आज पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

सबै प्रदेशका थोरैथोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर आज राति सामान्य बदली हुने र बागमती र प्रदेश नं १ का थोरै स्थान तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved