सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

नेपालभ्युज

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी
फाइल तस्वीर

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ। सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ। बसको इन्जिनबाट धुवाँ निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved