इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीमाथि फराकिलो जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले नर्विच सिटीमाथि ७–० को सहज जित निकालेको हो।
चेल्सीको जितमा म्यासन माउन्टले ह्याट्रिक पुरा गर्दा कलुम हुडसन ओडोइ, रिस जेम्स र बेन चिलवेलले समान १–१ गोल गरे। एक गोल भने नर्विचका म्याक्स आर्नोसले आत्मघाती गरेका थिए।
खेलको ८ औँ मिनेटमा जोर्गिन्होको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका माउन्टले ८५ औँ मिनेटमा पेनाल्टीबाट दोस्रो गोल र अतिरिक्त समयमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसबाहेक ओडोइले १८ औँ मिनेट र जेम्सले ४२ औँ मिनेटमा गोल गर्दा पहिलो हाफमा चेल्सी ३ गोलले अघि रहेको थियो।
Facebook Comment
Comment