एमाले वडाअधिवेशन – काठमाडौंमा सर्वसम्मत नेतृत्व चयन

नेपालभ्युज

एमाले वडाअधिवेशन – काठमाडौंमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं। नेकपा एमाले काठमाडौँ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। जिल्लाका काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाका सबै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव दीपक निरौलाले जानकारी दिए।

जिल्लाका दक्षिणकाली र बुढानीलकण्ठ नगरपालिकामा निर्वाचित पदाधिकारीहरूको नाम समेत सार्वजनिक भइसकेको निरौलाले बताएका छन्।

काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाका वडामा निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक हुने तयारी भइरहेको निरौलाले बताएका छन्। शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर एकसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved