एमाले सकियो भन्नु बलेसीको पानीको फोका हो – केपी ओली

गठबन्धनको सरकार प्रतिगामी शक्ति भएको बताउँदै उनले सरकारले देशलाई अस्थिरता, मनपरितन्त्र र अनुशासनहीनतातर्फ बढाएको बताए।

नेपालभ्युज

एमाले सकियो भन्नु बलेसीको पानीको फोका हो – केपी ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले शानदार बहुमत ल्याउने दाबी गरेका छन्। दशौं राष्ट्रिय अधिवेशनअन्तर्गत शनिबार वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

एमाले अब समाप्त भयो भनेर केही दिन अघि हल्ला चलाइएकोमा त्यो केबल बलेसीको पानीको फोका भएको बताउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा शानदार बहुमत ल्याउने गरी आफूहरू जुटिरहेको बताए। एमालेका नीति तथा कार्यक्रम सही भएको र त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व पनि भएको दाबी उनको थियो।

‘‘एक जमानामा लड्डु खाने अभियान चल्यो, अहिले पनि नेकपा एमाले सांगठनिक र वैचारिक हिसाबले एमाले मजबुद छ,’’ उनले भने। उनले पार्टीका नीति र कार्यक्रम सही भएको र त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व पनि भएको बताए।

उनले दक्षिणपन्थी र अवसरवादलाई अन्त्य गरी जनताको बहुदलीय जनवादको सिद्धान्तलाई साकार गर्नका लागि एकजुट हुन कार्यकर्तालाई आग्रह गरे।

गठबन्धनको सरकार प्रतिगामी शक्ति भएको बताउँदै उनले सरकारले देशलाई अस्थिरता, मनपरितन्त्र र अनुशासनहीनतातर्फ बढाएको बताए।

‘‘५ दलीय गठबन्धन प्रतिक्रियावादी गठबन्धन हो, कम्युनिस्ट सरकारलाई ढाल्ने अहिलेको प्रतिद्वन्दि शक्ति हो,’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved