भारतमा थपिए १६ हजार कोरोना संक्रमित

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

भारतमा थपिए १६ हजार कोरोना संक्रमित

काठमाडौं। भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या शनिबार ३ हरोड ४१ लाख ५९ हजार ५६२ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतभर १६ हजार ३२६ नयाँ संक्रमित फेला परेका छन्।

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृतकको संख्या ४ लाख ५३ हजार ७०८ पुगेको छ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी हालसम्म ३ करोड ३५ लाख ३२ हजार १२६ जना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved