डिशहोम फाइबरनेटको इन्टरनेट जोड्दा आईपीटीभी सित्तैमा

डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिन एक वर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ।

नेपाल भ्यूज

डिशहोम फाइबरनेटको इन्टरनेट जोड्दा आईपीटीभी सित्तैमा

काठमाडौं। डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जोड्दा आईपीटीभी सित्तैमा दिने योजना ल्याएको छ। डिशहोमले ‘काइदाको फइबरनेटमा फाइदाको आईपीटीभी’ योजना ल्याएको हो।

उक्त योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन्।

डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिन एकवर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ ।

ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै नेट जडानका लागि आवश्यक तार, राउटर, सेटअपबक्स र जडान सेवा सबै निशुल्क पाउनेछन् ।

साथै डिशहोम फाइबरनेटले यसअघि नै एकसय एबीपीएसको इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved