आजको मौसम

देशभर आंशिकदेखि सामान्य बदली, अझै केही दिन वर्षाको सम्भावना

महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालभ्युज

देशभर आंशिकदेखि सामान्य बदली, अझै केही दिन वर्षाको सम्भावना

काठमाडौं। अहिले नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार भोलि ७ कार्तिक आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved