महाधिवेशन मूल व्यवस्थापन समिति सहसंयोजकमा सुरेन्द्र पाण्डे

नेपालभ्युज

महाधिवेशन मूल व्यवस्थापन समिति सहसंयोजकमा सुरेन्द्र पाण्डे
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समिति सहसंयोजकमा सुरेन्द्र पाण्डेलाई तोकेको छ। शुक्रबारको स्थायी कमिटी बैठकले समितिको सहसंयोजक, सचिव र सदस्यहरू पनि तोकेको छ। सचिवमा विष्णु रिमाल रहने निर्णय भएको पार्टी सचिव प्रदीप ज्ञवालीले बताए।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमाले स्थायी कमिटी बैठकले बिहीबार रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो।

सदस्यहरूमा पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहनेछन्। एक सदस्य भने पछि मनोनयन गर्ने बैठकले निर्णय गरेको छ।

बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिको योग्यताबारे पनि निर्णय गरेको छ। २०७७ साल चैत मसान्तसम्म सदस्य बनेको र नवीकरण गरेकाहरू प्रतिनिधि बन्न सक्नेछन्।

महाधिवेशनबारे थप निर्णय गर्न एमालेले ११ कात्तिकमा स्थायी कमिटी बैठक र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved