१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यदलबाट रावलले दिए राजीनामा

नेपाल भ्यूज

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यदलबाट रावलले दिए राजीनामा
फाइल तस्वीर

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । नेकपा एमालेको शुक्रबार बसेको स्थायी कमिटी बैठकमा उनले राजीनामा दिएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि नबढेको आरोप लगाउँदै उनले संयोजकबाट राजीनामा दिएका हुन् ।

राजीनामा लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि उनले बताए । ‘जुन कार्यदलको निर्णय मान्य हुँदैन । त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य छैन । यसैले मैले सो कार्यदलबाट राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने । रावलले १० बुँदे सहमतिको पक्षमा मत राख्दै आएका छन् ।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved