शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा आयोग र मानव स्रोत विकास केन्द्रको निरीक्षण

निरीक्षणपछि शिक्षामन्त्री पौडेलले सय दिनभित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन्।

नेपाल भ्यूज

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा आयोग र मानव स्रोत विकास केन्द्रको निरीक्षण
फाइल तस्वीर

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भक्तपुरको सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गरेका छन्।

शुक्रबार मन्त्री देवेन्द्र पौडेलका साथै राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आयोग र केन्द्रको निरिक्षण गरेको हो। निरीक्षणपछि शिक्षामन्त्री पौडेलले सय दिनभित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन्। संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न लाग्ने पौडेलले बताए। काम गर्ने क्रममा आइपर्ने समस्याका गाँठा फुकाउन आफूले समन्वय गर्ने उनले बताए।

उनले आयोग र केन्द्र दुवै कार्यालयलाई ३ महीने,एक वर्षे र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिए। यसअघि मन्त्री पौडेलले बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निरीक्षण गरेका थिए।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved