मुख्यमन्त्री आचार्यबारे आइतबार छिनोफानो हुने

नेपालभ्युज

मुख्यमन्त्री आचार्यबारे आइतबार छिनोफानो हुने

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन्। प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन्।

सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए। प्रदेशसभामा विश्वासको मत आइतबार मात्र टुङ्गो लाग्ने भएको छ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ। जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। राप्रपाका एक सांसद छन्।

प्रदेश १ मा गठबन्धनबीच टुटफुट नभए आइतबार नयाँ मुख्यमन्त्री पाउने देखिएको छ। केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ। नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved