राजनीतिक नेतृत्व कमजोर हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो : गगन थापा

अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था भएकाले सबै दल मिलेर बनेको सरकारमार्फत मुलुकको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

नेपालभ्युज

काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले राजनीतिक नेतृत्व कमजोर हुँदा प्रप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशन उद्घाटन गर्दै थापाले अहिलेको राजनीतिक नेतृत्व सम्हालिन नसक्दा विभिन्न आन्दोलन पछि उपलब्ध भएको परिवर्तन गुम्ने खतरा रहेको बताए।

२००७ र २०४७ सालको उपलब्धि खेर गएको र पछिल्लो आन्दोलनपछि प्राप्त नयाँ उपलब्धि खेर जाने खतरा पैदा भएको उनले बताए।

थापाले देश विकासका लागि कम राजनीतिक दल र बलियो प्रधानमन्त्री चाहिन्छ भन्ने भनाइ गलत साबित भएको समेत बताए।

नेतृत्व कमजोर हुँदा मुलुकलाई पुरानै अवस्थामा फर्काउन खोज्ने शक्तिहरु सल्बलाउन थालेको बताउँदै उनले यसअघिको सरकार र वर्तमान सरकारले नागरिकले खोजेजस्तो गति पक्रन नसकेको धारणा राखे। अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत नआउने अवस्था भएकाले सबै दल मिलेर बनेको सरकारमार्फत मुलुकको आवश्यकतामा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र खपत बढाउने कुरा पहिलो प्राथमिकतामा रहेको र १६ सय मेगावाट हाराहारीमा बिजुलीको माग रहेको बताए। उनले गत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर काम गर्न नसक्दा बिद्युत वितरणमा समस्या देखिएको जिकिर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved