काठमाडौं। १० बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटी बैठक बस्दै छ। बिहीबारको स्थायी समितिको बैठकमा घनश्याम भुसाल र रघुजी पन्त लगायतले १० बुँदे सहमतिबारे अध्यक्ष केपी ओलीको पछिल्लो टिप्पणीबारे जवाफ माग गरेपछि आजको बैठकमा छलफल हुन लागेको हो।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा १० बुँदे सहमतिको किचलो नझिक्न आग्रह गरेका थिए। बिहीबारको बैठकमा समेत यसबारेमा छलफल भएको थियो। ओलीको जवाफमा नेता भीम रावलले सामाजिक संञ्जालमा ट्विट गर्दै १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकताको बिगुल रहेको स्पष्ट पारेका थिए।
पार्टीमा बहस चलेसँगै १० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा सहजीकरण कार्यदलको बैठकपनि बिहीबारै बसेको थियो। शुक्रबार बस्ने स्थायी कमिटीको बैठकमा कार्यदलका संयोजक डा. भीमबहादुर रावलले सुझाव प्रस्तुत गर्ने बताइएको छ।
Facebook Comment
Comment