एमाले स्थायी समिति बैठक आज पनि, ‘१० बुँदे’माथि रावलले सुझाव पेश गर्ने

बैठकको पहिलो दिन हिजो एमाले एकताका लागि भएको १० बुँदे सहमतिको पूर्ण कार्यान्वयनमा केन्द्रित रहेर छलफल भएको थियो।

नेपाल भ्यूज

एमाले स्थायी समिति बैठक आज पनि, ‘१० बुँदे’माथि रावलले सुझाव पेश गर्ने
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्दैछ।

बिहीबारदेखि शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकको पहिलो दिन हिजो एमाले एकताका लागि भएको १० बुँदे सहमतिको पूर्ण कार्यान्वयनमा केन्द्रित रहेर छलफल भएको थियो।

हिजोको बैठकमा १० बुँदे सहमतिअनुसार पार्टीका संरचना र जिम्मेवारीहरू क्रियाशील गराउन अध्यक्ष केपी शर्मा ओली पक्ष तयार नभएपछि समस्या उत्पन्न भएको विषयमा बहस भएको थियो।

यसैबीच, १० बुँदे सहमतिको कार्यान्वयनका क्रममा सहजीकरण गर्न गठित कार्यदलको बैठक पनि बिहीबारै सम्पन्न भएको छ। कार्यदलका संयोजक रावलले आजको स्थायी कमिटी बैठकमा उक्त बैठकको सुझाव प्रस्तुत गर्नेछन्।

उक्त सात सदस्यीय कार्यदलमा उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन्।

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved