आरामका लागि सुकुटे पुगे प्रचण्ड

नेपालभ्युज

आरामका लागि सुकुटे पुगे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि भन्दै सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन्। बिहीबार अपरान्ह करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड भोटेकोशी किनारको रिर्सोर्ट पुगेका हुन्। रिर्साेटमा पुगेपछि केही बेर आराम गरेर प्रचण्डले छोटो समयको लागि ‘र्‍याफ्टिङ’ समेत गरेका छन्।

प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा तथा वाइसीएल पूर्वअध्यक्ष दीपशिखासमेत साथै छन्। प्रचण्ड आरामका लागि यसअघि पनि सुकुटे पटक पटक जाने गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved