सरकारले बाढीपीडितको समस्या सम्बोधन गर्छ – प्रधानमन्त्री देउवा 

नेपालभ्युज

सरकारले बाढीपीडितको समस्या सम्बोधन गर्छ – प्रधानमन्त्री देउवा 
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितको समस्या सम्बोधन हुने बताएका छन्। बिहीबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा देउवाले पीडितको पुनर्स्थापना गर्ने बताए। कटान र डुबान क्षेत्रका जनताको समस्या समाधानका लागि सरकार तयार रहेको उनले बताए।

कञ्चनपुरको दोधाराचाँदनीका बाढीपीडितलाई सम्बोधन गर्दै देउवाले भने ‘‘बाढी र  पहिरोले देशभरि पीडा दिएको छ, म यहाँबाट फर्किएर पीडितको पीडा सम्बोधन गर्छु।’’

देउवासहित अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्री प्रेम आलेसहितले बाढीपीडितको संयुक्त अनुगमन गरेका थिए । काठमाडौं फर्केलगत्तै समस्या समाधानतर्फ केन्द्रित हुने उनीहरुको दाबी थियो। उनीहरूले नेपाली सेनाको हेलिकोप्टरबाट सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved