एमालेले १० औँ महाधिवेशन चितवनमा गर्ने

नेपालभ्युज

एमालेले १० औँ महाधिवेशन चितवनमा गर्ने
फाइल तस्वीर

काठमाडौँ। नेकपा (एमाले)ले १० औँ महाधिवेशन चितवनमा गर्ने भएको छ। ललितपुरको तुलसीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन स्थान चितवनमा तय गरेको हो।

महाधिवेशन मंसिर १०–१२ गतेसम्म हुने तय भइसकेको छ। यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशन बुटवलमा हुने बताएका थिए।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार उनका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन्। समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक–एक जना प्रतिनिधि रहने ज्ञवालीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved