कोभिड १९

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला चार मात्र

नेपालभ्युज

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला चार मात्र

काठमाडौं। कोभिड १९ को संक्रमण विस्तारै घट्दै गएको छ। हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला चार ओटा मात्रै रहेका छन्।

बागमती प्रदेशको तीन र गण्डकीको एक गरी चार जिल्लामा मात्रै कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा मात्र हाल कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

यसैगरी मुस्ताङ र मुगुमा संक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।

१५ ओटा जिल्ला सुनसरी, मोरङ, झापा, धनुषा, सप्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बागलुङ, स्याङ्जा, रुपन्देही, दाङ, बाँके र कैलालीमा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर संक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ। जसमध्ये दश हजार ५३० जना होम आइसोलेसनमा, ७८५ जना संस्थागत आइसोलेसनमा छन् भने आईसीयूमा २८८ र भ्यान्टिलेटरमा ९८ जना रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved