थप ५ सय ४५ जनामा कोरोना संक्रमण

नेपालभ्युज

थप ५ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा बिहीबार थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ६ हजार ५ सय ८६ पीसीआर परिक्षणमा ४ सय ७० जनामा र १ हजार ९ सय ६३ एन्टीजेन परिक्षणमामा ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ।

त्यस्तै बिहीबार २४ घण्टाको अवधिमा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ३ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै ७ सय २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार ८८१ जना कोरोनामुक्त भएका छन्।

हाल ११ हजार ३ सय १५ सक्रिय संक्रमित आइशोलेशन र २२५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved