बिहीबार पनि घट्यो शेयर बजार

नेपालभ्युज

काठमाडौं। बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार १४ दशमलव ७० अंकले नेप्से परिसूचक घटेर २ हजार ५५६ दशमलव ९५ अंकमा बजार बन्द भएको छ।

यस दिन कारोबारमा आएका २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर २ अर्ब ६३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ।

आज १३ समूहमध्ये म्युचुअल फण्ड र अन्यबाहेकका समूहमा रातो लागेको छ।

आज विक्रेताभन्दा क्रेता बढी भएपछि सर्वाधिक १० अंकले बढेको मेरो माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता‍ हजार ६९५ दशमलव १० रुपैयाँ पुगेको छ।

आज जोशी हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ८७ अंकले घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved