सुरक्षाकर्मीको कारबाहीमा नाइजेरियामा ५० बन्दुकधारी मारिए

नेपालभ्युज

सुरक्षाकर्मीको कारबाहीमा नाइजेरियामा ५० बन्दुकधारी मारिए

द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० बन्दुकधारी मारिएका छन्। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएका सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले संयुक्त कारबाही अभियान चलाइरहेका बेला उनीहरूको मृत्यु भएको जनाइएको छ। काडुना राज्यको अन्तरिक सुरक्षा तथा गृह मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही गरेको उल्लेख छ।

घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको मन्त्रालयले दाबी गरेको छ। उनीहरूमाथि हवाई र स्थलगत दुवै माध्यमबाट आक्रमण गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved