६०.५६ अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

नेपाल भ्यूज

६०.५६ अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

काठमाडौं। साताको चौथौ कारोबार दिन बुधबार शेयर बजार ६०.५६ अंकले बढेको छ। आज नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा बढेर २ हजार ५७१ दशमलव ६६ विन्दुमा पुगेको हो।

आज कारोबारमा आएका तेह्रओटै समूहको परिसूचक बढेकोमा मैलुंग खोला जलविद्युत आयोजना, अंखु खोला जलविद्युत आयोजना र युनिभर्सल पावर कम्पनीको शेयर १०/१० अंकले बढेको छ।

यो दिन २१७ कम्पनीको २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख १ हजार ४१४ कित्ता शेयर खरीदविक्री भएको छ।

बैंकहरूले कात्तिक १ गते निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुर्याउने सूचना निकालेपछि पाँच दिन दशैं बिदामा बन्द भएर खुलेको शेयर बजार दुई दिन निरन्तर ‌ओरालो लागेको थियो।

तर मंगलबार साँझ मात्रै नेपाल राष्ट्र बैंकको ब्याजदर फिर्ता गर्न निर्देशनसँगै बुधवारको बजारमा हरियाली देखिएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved