बाढीबाट मृत्यु भएका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

नेपालभ्युज

बाढीबाट मृत्यु भएका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

काठमाडौं। सरकारले बाढी पहिरोबाट प्रभावित भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट मृत्यु हुने परिवारलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

एउटै परिवारमा एक जना भन्दा बढीको मृत्यु भएको परिवारमा एक जनालाई २ लाख र त्यस पछिको संख्या अनुसार थप एक लाखको दरले सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

यसैगरी क्षति पुगेका घर पुनर्निर्माणका लागि प्रतिपरिवार हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईंका जिलामा ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए। पछिल्लो केही दिनयता आएको बाढी पहिरोका कारण सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ।

सरकारले विपत व्यवस्थापन समितिको तर्फबाट पनि घरविहीन भएकालाई आर्थिक सहयोगस्वरुप ५० लाख  रुपैयाँ दिने निर्णय गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved