पीएसजीको जितमा मेस्सीको दुई गोल

पीएसजीको जितमा मेस्सीले दुई तथा केलियन एमबाप्पेले एक गोल गरे। घरेलु मैदानमा पछि परेको नतिजा उल्टाउँदै पीएसजीले जित निकालेको हो।

नेपालभ्युज

पीएसजीको जितमा मेस्सीको दुई गोल

काठमाडौं। च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले जर्मन क्लबमाथि जित दर्ता गरेको छ। अर्जेन्टिनी स्टार लियोनल मेस्सी चम्किएपछि पीएसजीले जर्मन क्लब आरबी लाइपजिगमाथि जित निकालेको हो।

पीएसजीको जितमा मेस्सीले दुई तथा केलियन एमबाप्पेले एक गोल गरे। घरेलु मैदानमा पछि परेको नतिजा उल्टाउँदै पीएसजीले ३-२ को जित निकालेको हो।

समूह ए अन्तर्गतको खेलमा एम्बाप्पेको गोलमार्फत पीएसजीले नवौँ मिनेटमै शुरुवाती अग्रता बनाएको थियो। तर, खेलको २८ औँ मिनेटमा लाइपजिगका आन्द्रे सिल्भाले बराबरी गोल गरे।

खेलको दोस्रो हाफमा पाहुना टोलीका लागि नोर्दी मुकिएलेले ५७ औँ मिनेटमा गोल गरेपछि पीएसजी पछि पर्यो। तर, खेलको ६७ औँ मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि, खेलको ७४ औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएपछि मेस्सीले प्रहार गर्दै गोलमा परिणत गरे। जितसँगै पीएसजी समूह एको शीर्ष स्थानमा कायम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved