मनसुन सकिएपछि पनि किन परिरहेछ बर्खेझरी जस्तो पानी ?

यसपटकको मनसुन २५ असोजमा बिदा भएपनि ३० असोज यता हावाहुरी र मेघ गर्जनसहितको वर्षा जारी छ।

नेपालभ्युज

मनसुन सकिएपछि पनि किन परिरहेछ बर्खेझरी जस्तो पानी ?
सांकेतिक तस्वीर

काठमाडौं। घटस्थापनापछि फाट्टफुट्ट जारी वर्षा १ कात्तिकयता बढेपछि देशभर ठूलो क्षति भएको छ। मनसुन उत्तरार्ध (पोस्ट मनसुन)मा मध्य वर्षाझैँ हरेक दिन झरी दोहोरिरहेको छ। अन्नबाली, सडक, पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने बाढी बस्तीमा पस्दा जनजीवन प्रभावित भएको छ।

यसपटकको मनसुन २५ असोजमा बिदा भएपनि ३० असोज यता हावाहुरी र मेघ गर्जनसहितको वर्षा जारी छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडी र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली उत्तरतर्फ सर्दै गर्दा पश्चिमी वायुको प्रभाव समेत मिसिएपछि यस वर्ष पोष्ट मनसुन बलियो भएको हो। यी दुईटै प्रणालीको मिश्रित प्रभावको कारणले अहिले मनसुन सक्किसकेपछि पनि बर्खेझरी जस्तै पानी परिरहेको छ।

बुधबारसम्म यसको प्रभाव पर्ने र बिहीबारदेखि हल्का सुधार हुने विभागकी वरिष्ठ मौसमविद् प्रतिमा मानन्धर बताउँछिन्। “बिहीबार बादल लाग्ने र वर्षाको सम्भावना घटेर अलिकति कम भएर जाने सम्भावना धेरै छ। क्रमिक रुपमा बिहीबारदेखि विस्तारै सुधार हुँदै जाने देखिन्छ,” उनले भनिन्।

अहिलेको वर्षा अप्रत्यासित नभएको र खाडीमा बनेको पश्चिमी वायु पश्चिमतिर नगएर नेपालतिर धकेलेएपछि निरन्तर झरी परिरहेको उनले बताइन्।

बिहीबार पछि पनि बादल लागिराख्ने बताउँदै उनले वर्षाको सम्भावना केही कम हुने जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved