कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता
फाइल फोटो

कैलाली । कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनका आफन्त तीर्थबहादुर घर्ती मगरले मंगलबार इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात् तत्काल प्रहरी टोली उक्त स्थानमा खटी निजहरूको खोजतलास भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved