थप १ हजार ९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालभ्युज

थप १ हजार ९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
फोटो– स्वास्थ्य मन्त्रालयको चार्ट

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा झण्डै १० प्रतिशत अर्थात् ९ सय ५७ जनामा संक्रमण देखिएको हो। १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनागरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। १ हजार ४ जना निको भएका छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६ हजार ५१७ पुगेको छ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ भने ७ लाख ८३ हजार ३९७ जना सङ्क्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८१५ जना रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved