बागमतीमा सबैभन्दा बढीले लगाए खोप, कुन प्रदेशमा कति?

भेरोसेल लगाउने धेरै

नेपालभ्युज

बागमतीमा सबैभन्दा बढीले लगाए खोप, कुन प्रदेशमा कति?

काठमाडौं। २०७७ माघ दोस्रो साताबाट नेपालमा कोभिडविरुद्ध खोप दिइन शुरु गरिएको थियो। एक करोड ९९ लाख २२ हजार १६४ जना लक्षित जनसंख्यामध्ये कात्तिक १ गतेसम्ममा एक करोड ४८ लाख ८५ हजार ८६२ ले सबैखाले गरी पहिलो र दोस्रो मात्रा खोपको डोज लगाएका छन्।

जसमध्ये पहिलो मात्रा ८४ लाख १५ हजार ६७ (४२ दशमलव २ प्रतिशत) ले खोप लगाए भने दोस्रो मात्रा ६४ लाख ७० हजार १९५ (३२ दशमलव ५ प्रतिशत) ले लगाएका छन्।

खोप लगाउनेको प्रदेशगत विवरण

बाग्मती प्रदेशमा ४२ लाख ८३ हजार १४४ लक्षित जनसंख्यामा पहिलो डोज २८ लाख १३ हजार १२२ (६५.७ प्रतिशत) ले खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको संख्या २३ लखा १३ हजार १२२ (५५.३ प्रतिशत) छ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालका अनुसार कोभिड भाइरसविरुद्ध सबैभन्दा बढी खोप लगाउने प्रदशेमा बाग्मती हो।

प्रदेश १ मा ३२ लाख ७५ हजार ८६६ लक्षित समूहमध्ये पहिलो डोज खोप ११ लाख ७५ हजार ९८ (३५.९ प्रतिशत) ले लगाएका छन् भने सात लाख ७५ हजार ८२१ (२३.४ प्रशित) ले दोस्रो डोज लगाएका उनले बताए।

प्रदेश २ मा भने ४१ लाख ६० हजार ४२५ लक्षित जनसंख्या मध्ये १३ लाख पाँच हजार ९६४ (३१.४ प्रतिशत) पहिलो डोज र दोस्रा मात्रा १० लाख ३१ हजार २२६ (२४.८ प्रतिशत) ले लगाएका छन्।

त्यस्तै गण्डकी प्रदेशमा १६ लाख ६३ हजार ९२४ लक्षित समूहमा पहिलो मात्रा सात लाख ४८ हजार ८८१ (४५ प्रतिशत) ले लगाए भने ६ लाख २३ हजार ९८५ (३७.५ प्रतिशत) ले दास्रो मात्रा लगाएका महाशाखाले जानकारी दिएको छ।

लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ लक्षित जनसंख्यामा पहिलो मात्रा १२ लाख ६१ हजार १६१ (३७.२ प्रतिशत) ले लगाए भने आठ लाख ८९ हजार ९७७ (२६.३ प्रतिशत) दोस्रो मात्रा लगाएका छन्।

कर्णालीमा १२ लाख तीन हजार ६८ जना लक्षित समूहमा पहिलो मात्रा तीन लाख ६८ हजार २०९ (३०.६ प्रतिशत) ले खोप लगाए भने दोस्रो मात्रा दुई लाख ६१ हजार ४३३ (२१.७ प्रतिशत) ले लगाएका हुन्।

त्यस्तै सुदुरपश्चिममा प्रदेशमा १९ लाख ४८ हजार ३८८ लक्षित समूहमध्ये पहिलो मात्रा सात लाख ४२ हजार २०९ (३०.६ प्रतिशत) जनाले लगाए भने दास्रो मात्रा दुई लाख ६१ हजार ४३३ (२१.३ प्रतिशत) ले खोप लगाए।

एक करोड ९९ लाख २२ हजार १६४ जना लक्षित जनसंख्या मध्ये पहिलो मात्रा ८४ लाख १५ हजार ६७ (४२.२ प्रतिशत) खोप लगाए भने दोस्रो मात्रा ६४ लाख ७० हजार १९५ (३२.५ प्रतिशत) ले लगाएका छन्।

कुन खोप कति प्रतिशतले लगाए ?

कोरोना भाइरसविरुद्ध विश्वभर खोपलाई नै प्रथामिकता राखिएको छ। जसअनुसार नेपालमा पनि हालसम्म चार किसिमका खोपलाई विश्व स्वास्थ्य संगठनले स्विकृति दिएको छ।

भेरोसेलको पहिलो र दास्रो मात्रा गरी नेपालमा जम्मा खोप लगाउनेको संख्या ८९ लाख ५० हजार ७७० छ भने २४ लाख ६४ हजार १५३ जनाले कोभिडशिल्ड खोप लगाएका महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार एस्ट्रोजेनेका खोप लगाउनेको संख्या भने १९ लाख ३८ हजार २१७ रहेको छ भने १५ लाख ३८ हजार २१७ जनाले भने जोनसन एन्ड जोनसनको खोप लगाएका छन्।

१८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो। मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुईतिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

त्यस्तै महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको बताए।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडेर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको शाखाप्रमुख दाहालले जनाकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved