बाढीले सिन्धुपाल्चोकमा यातायात सेवा अवरुद्ध

बाढीले सिन्धुपाल्चोकमा यातायात सेवा अवरुद्ध

सिन्धुपाल्चोक। अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्ध भएको छ।
असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो।

गए रातिको वर्षाले चनौटेको ह्युमपाइप राखी बनाइएको बाटो बगाएको स्थानीयवासी शशी बरुवालले जानकारी दिए। बाटो बगाएपछि चनौटेबाट हेलम्बु , किउल, पाल्चोक सडक अवरुद्ध भएको छ।

यस्तै मङ्गलबार मर्मत गरिएको फट्टेमा गएरातिको वर्षाले क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए। ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति गर्दा पाँचपोखरी वडा १ र २ मेलम्ची ७ र ८ हेलम्बु २ र ३ यातायातबाट वञ्चित भएको छ।

इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा  ह्युमपाइप राखेर बनाइएको बाटो तीन दिनदेखि बन्द छ। यहाँबाट इन्द्रावती, पाँचपोखरी र मेलम्चीका ९ र १० वडामा यातायात सेवा प्रभावित भएको छ।

वर्षा रोकिएपछि मर्मत थाल्ने उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले बताए। सडक बन्द हुँदा दशैँ मनाउन आएका यात्रु प्रभावित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved