देशलाई निकास दिन सरकारमा गएका हौं : गृहमन्त्री खाँण

नेपालभ्युज

देशलाई निकास दिन सरकारमा गएका हौं : गृहमन्त्री खाँण
फाइल तस्वीर

बुटवल। गृहमन्त्री बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले नचाहँदा नचाहँदै सरकारमा जानुपरेको बताएका छन्।

तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडा मिलाउन नसकेर देश चलाउन नसकेपछि कांग्रेसले देशको बागडोर सम्हाल्नुपरेको बताएका हुन्।

सोमबार गृहजिल्ला रुपन्देही आएका गृहमन्त्री खाँणले भैरहवामा नेपाली कांग्रेस रुपन्देहीले गरेको स्वागत सम्मान कार्यक्रममा यस्तो बताए।

उनले भने, ‘‘बहुमत पाएको पार्टी र प्रधानमन्त्रीले आफ्नै घरझगडाका कारण देश चलाउन नसकेपछि नचाहँदा नचाहँदै अरू दलसँग गठबन्धन गरेर सरकारमा गएका हौँ।’’

नेपाली कांग्रेसको काँधमा आएको जिम्मेवारी र चुनौती पूरा गर्दै गठबन्धनप्रति पनि सम्मान व्यक्त गर्नुपर्ने उनले बताए।

गृहमन्त्री खाँणले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउन सार्थक प्रयास भइरहेको बताए। रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भन्दै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको एकीकृत भन्सार चौकीको विकासको कार्य योजना तयार पारेको बताए।

बेलहियामा मालवाहक गाडीहरूको पार्किङको समस्या समाधान गर्न आईसीपीका लागि खाली रहेको जग्गामा व्यवस्थापनको तयारी बढिसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved