मुस्लिम समुदायलाई मंगलबार बिदा

नेपालभ्युज

मुस्लिम समुदायलाई मंगलबार बिदा

काठमाडौं। सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनु हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनु भएकोहो।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वर्ल्ड लिडर सम्मिट’ मा सहभागी हुने प्रतिनिधि मण्डल गठन भएको छ। यसै गरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved