गुल्मीमा खोलाले जीप बगायो

गुल्मीमा खोलाले जीप बगायो
फाइल तस्वीर

गुल्मी। गएरातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा खोलाले जीप बगाएको छ। सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जीप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

अपराह्न दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जीप रोकिएपछि यात्रुहरू तत्कालै  झरेका थिए। जीपमा सवार नौ जना यात्रु जिपबाट झरेलगत्तैे ठाडो खोलामा माथिबाट आएको पानीको बहावलेजीपलाई बगाएर बढीघाट खोलामा पुर्‍याइ बेपत्ता बनाएको सत्यवती गाउँपालिकाका अध्यक्ष पार्श्व ढकालले जानकारी दिए।

दुई दिनदेखिको लगातार वर्षाका कारण डहरे खोलाले बगाएको उक्त जिप बाढीले नजिकै रहेको बढीघाट खोलामा पुर्‍याएपछि यात्रुहरूले हेर्दाहेर्दै जीप खोलाको भेलसँगै बेपत्ता बनेको थियो।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली घटना स्थलमा पुगे पनि खोलाले बगाएको उक्त सवारी साधन अझै फेला पर्न सकेको छैन। अविरल वर्षाका कारण सोमबार बिहानदेखि अवरुद्ध बनेको रिडी–रुद्रवेणी सडक भने स्थानीय पालिकाको पहलमा केहीबेर अघि सञ्चालनमा आएको अध्यक्ष ढकालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved