५ सय ९१ संक्रमित थपिए, ९ जनाको निधन

नेपाल भ्युज

५ सय ९१ संक्रमित थपिए, ९ जनाको निधन

काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ संक्रमण देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पाइएको हो।

सोमवार थपिएकासँगै देशभर सक्रिय संक्रमित ११ हजार ८७४ जना रहेका छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन्। पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन्। संक्रमण दर १८.६ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा ९३७ जनाले संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म संक्रमित सात लाख ८२ हजार ३९३ रहेको छ। नेपालमा संक्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved