बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको छ। छापावाल सुन दशैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १५० मा कारोबार भएको थियो।

महासंघले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ तोकेको छ। चाँदी गत सोमबार प्रतितोला एक हजार १८० मा कारोबार भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved