साफमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता

नेपालभ्युज

साफमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं। मालदिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन्। सोमबार बिहान स्वदेश फर्किएको नेपाली टिमलाई खेलकुदमन्त्री महेश्वर गहतराजले स्वागत गरे। अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलगायत समेत सहभागी थिए।

स्वागतमा फुटबल समर्थकहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। मालदिभ्सको मालेमा शनिवार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।

फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो। तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो। पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved