मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला जाँदै खाँण, पहिरो निरीक्षण गरी आजै फर्किने

नेपालभ्युज

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला जाँदै खाँण, पहिरो निरीक्षण गरी आजै फर्किने
फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण आज गृहजिल्ला रुपन्देही जाँदैछन्। २९ असारमा गृहमन्त्री भएपछि खाँण पहिलो पटक गृह जिल्ला जान लागेका हुन्।

उनी बिहान ९ः४५ बजे बुद्ध एयरबाट भैरहवा जाने नीजि सचिव नरेन्द्र केसीले जानकारी दिए। खाँण  जिल्लाका विभिन्न स्थानमा आयोजित चार कार्यक्रममा सहभागी आजै साँझ पाँच बजेर ५० मिनेटमा भैरहवाबाट काठमाडौँ फर्किने उनले बताए।

उनी भैरहवा पुगेपछि बिहान ११ बजे भैरहवामा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नेछन्। भेटघाट साढे १२ बजेसम्म चल्नेछ।

त्यसपछि साढे एक बजेसम्म जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने कार्यतालिका तय भएको छ। कार्यालय प्रमुखहरुसँगको भेटघाट सकिएपछि आफ्नो मणिग्रामस्थित निवासमा पुग्नेछन्।

करीब एक घण्टा त्यहाँ बिताएपछि उनी साढे दुई बजे बुटवलको ज्योतिनगरमा अविरल बर्षाका कारण गरेको गएको पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न जानेछन्। तीन बजेर २० मिनेटसम्म पहिरोको निरीक्षण गरेपछि साढे तीन बजे नयाँमिल शंकरनगरमा आयोजना हुने स्वर्गीय प्रेम खरेलको शोकसभामा सहभागी भई ५ बजे भैरहवा विमानस्थलमा फर्किएर काठमाडौँ फर्कने कार्यतालिका तय भएको नीजि सचिव नरेन्द्र केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved