थप तीन सय ९१ जनामा कोरोना संक्रमण

नेपालभ्युज

थप तीन सय ९१ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप तीन सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ६ हजार नौं सय ६६ जनामा परीक्षण गर्दा तीन सय ८५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै एक हजार एक सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। २४ घण्टामा ६ सय ८० जना निको भएका छन्।

अहिले देशभर १२ हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved