नयाँदिल्ली(भारत)। पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
यो संख्या २२९ दिनयताकै कम भएको मन्त्रालयले बताएको छ। मन्त्रालयकाअनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्।अहिलेसम्म कोरोना मुक्त हुने संख्या ३ करोड ३४ लाख १९ हजार ७४९ पुगेको मन्त्रालयले बताएको छ। यहाँ हाल ९८ दशमलव १० प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन्।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ९५ हजार ८४६ पुगेको अधिकारीले जनाएका छन्। यो संख्या २२० दिन यताको सबभन्दा कम भएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४० लाख ६७ हजार ७१९ जना पुगेको छ।
कोरोना शुरु भएयता अहिलेसम्म कुल ४ लाख ५२ हजार १२४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएका छन्।
Facebook Comment
Comment