मेलम्ची इन्द्रावती जोड्ने मोटरबाटोमा क्षति

नेपालभ्युज

मेलम्ची इन्द्रावती जोड्ने मोटरबाटोमा क्षति

काठमाडौं। मेलम्ची–इन्द्रावती जोड्न निर्माण गरिएको अस्थायी मोटरबाटोमा वर्षाले क्षति पुगेको छ। शनिबार रातिको वर्षाले मेलम्ची, पाँचपोखरी, ज्यामिरे, शिखरपुर र नवलपुर जोड्ने अस्थायी पुल भत्काएको हो।

मेलम्ची दुवाचौर जोड्ने फट्टेको अस्थायी पुलमा समेत क्षति पुगेको छ। दशैंलाई लक्षित गर्दै ह्युमपाइप प्रयोग गरेर अस्थायी सडक र अस्थायी पुल बनाइएको थियो। अस्थायी सडक २१ असोजदेखि सञ्चालनमा आएको थियो। शनिबार राति ढकाल खहरेमा गएको पहिरोले सवारी आवतजावतमा समस्या भएको छ।

दशैं मान्न घर फर्किएकाहरुलाई काठमाडौं र अन्यत्र फर्किन समस्या भएको छ। हेलम्बुका गणेश पण्डित भन्छन्, “दशैं मनाउन घर आए तर अब काठमाडौं फर्किन निकै सास्ती खेप्नुपरेको छ।” गाडी नचलेपछि पण्डित जस्तै अन्य हिडेरै तालामाराङ हुँदै काठमाडौंतर्फ लागेका छन्।

गत १ असार र १६ साउनको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका पक्की पुल र सडक बगाएको थियो। गए रातिको वर्षाले हेलम्बुको चनौटे जोड्ने अस्थायी पुलमा भने क्षति पुगेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved